तिला गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४
प्रमाणीकरण मिति ः २०७५÷०३÷१७
स्थानीय राजपत्रमा प्रकाशित मिति ः २०७५÷०३÷२९
२०७५ सालको ऐन नं. ..१..
प्रस्तावनाः नेपालको संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहलाई तोकिएको अधिकार क्षेत्रभित्रका विषयमा आवश्यक कानून बनाई प्रशासकीय कार्यविधि नियमित गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम तिला गाउँपालिकाको सभाले यो ऐन बनाएको छ ।