FAQs Complain Problems

आर्थिक ऐन

Show in slider: 
0

तिला गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक
प्रस्तावनाः तिला गाउँपालिकाको आर्थिक वर्ष द्दण्ठद्धरण्ठछ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, 
नेपालको संविधानको धारा द्द२ड को उपधारा ९द्द० बमोजिम तिला गाउँ सभाले यो ऐन बनाएको छ । 
१।    संक्षिप्त नाम र प्रारम्भः ९ज्ञ० यस ऐनको नाम “आर्थिक ऐन, द्दण्ठद्ध” रहेको छ ।
    ९द्द० यो ऐन द्दण्ठद्ध साल श्रावण ज्ञ गतेदेखि तिला गाउँपालिका क्षेत्रमा लागू हुनेछ ।
२।    घर वहाल करः  गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै आंशिक तवरले वहालमा दिएकोमा अनुसूचि ९१० बमोजिम घर जग्गा वहाल कर लगाइने र असूल गरिनेछ । 
३।    व्यवसाय करः गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूचि ९२० बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।
४।    जडिबुटी करः गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले जडिबुटीको व्यवसायिक कारोवार गरेवापत अनुसूचि ९३० बमोजिमको कर लगाइने र असूल उपर गरिनेछ ।
५।    सवारी साधन पटके करः गाउँपालिकाले निर्माण गरेको कृषि सडकमा सवारी साधन आवत जावत गरे बापत अनुसूचि ९४० बमोजिम सवारी साधन पटके कर लगाइने र असुल उपर गरिनेछ ।
६।    विज्ञापन करः गाउँपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूचि ९५० बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ ।तर, प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।

७।    मनोरन्जन करः गाउँपालिका क्षेत्रभित्र हुने मनोरन्जन व्यवसाय सेवामा अनुसूचि ९६० बमोजिम व्यवसाय कर लगाइने र असुल उपर गरिनेछ ।तर, प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
८।    सेवा शुल्क, दस्तुरः गाउँपालिकाले उपलब्ध गराएको बिभिन्न सेवामा सेवाग्राहीबाट अनूसूचि ९७० मा व्यवस्था भए अनुसार शुल्क लगाइने र असूल उपर गरिनेछ ।
९।    भुमि करः प्रदेश कानून बनेपछि सोही बमोजिम लगाइनेछ ।
१०।    सम्पत्ति करः प्रदेश कानून बनेपछि सोही बमोजिम लगाइनेछ ।तर स्थानीय तहले आफ्नो गाउँपालिका क्षेत्रमा अनुसुचि ९८० बमोजिमको सम्पत्ति कर लगाइने र असुल उपर गरिनेछ ।
११।    मालपोत शुल्क ९तिरो०स् गाउँपालिका क्षेत्र भित्र रहेका ब्यक्तिहरुले आफ्नो नाममा रहेको जग्गा बापत अनुसुची ९९० बमोजिमको कर लगाइने र असुल उपर गरिनेछ ।
१२।    घर करः गाउँपालिकाले आफ्नो क्षेत्र भित्रको घरको कर अनुसुची ९१०० बमोजिम लगाइने र असुल उपर गरिनेछ ।
१३।    जरिवाना शुल्कः गाउँपालिकाले आफ्नो क्षेत्र भित्र भएका झै(झगडा, सामाजिक विवाद, द्वन्द्व बापत अनुसुची ९११० बमोजिमको जरिवाना शुल्क लगाइने र असुल उपर गरिनेछ ।
१४।    ढुङ्गा, गिट्टी, बालुवा करः गाउँपालिकाले आफ्नो क्षेत्र भित्र ढुङ्गा गिट्टी बापत अनुसुची ९१२० बमोजिमको शुल्क लगाउने तथा कर लगाइने र असुल उपर गरिनेछ ।
१५।    कर छुटः यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरुलाई कुनै पनि किसिमको कर छुट दिईने छैन । तर दुई भन्दा बढी व्यवसाय गर्ने व्यक्ति संस्थालाई उच्चतम दरको कर लिइ बाँकी व्यवसायको कर मिनाहा गरिनेछ ।
१६।    कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधिः यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि गाउँपालिकाले तोके अनुसार हुने छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: