FAQs Complain Problems

विनियोजन ऐन,२0७५

Show in slider: 
0

तिला गाउँपालिका आर्थिक वर्ष २०७५।७६ को सेवा र कार्यहरुका लागि संचित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिने र सो रकम विनियोजन गर्र्न वाञ्छनीय भएकोले,

नेपालको संविधान धारा २२९ के उपधारा (२) बमोजिम तिला गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ ः (१) यस ऐनको नाम विनियोजन ऐन , २०७५ (पहिलो संशोधन) रहने छ ।
  (२) यो ऐन  तुरुनत लागू हुने छ ।
२.आर्थिक वर्ष २०७५ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार ः आर्थिक वर्ष २०७५ को 
   निमित्त अनुसूची १ मा उल्लिखित चालु खर्च, पूँगत खर्च र वित्तिय व्यवस्था गर्नको रकम समेत गरी 
   जम्मा रकम रु.२६,८६,१५०००.अक्षरुपी छब्बीस करोड छयासी लाख पन्ध्र हजार रुपैया मात्र मा    
   नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।
३. विनियोजन  ः (१) यस ऐनद्धारा सञ्चित कोषबाट खर्चे गर्न अधिकार दिएको रकम आथिक वर्ष 
   २०७५।७६  को निमित्त तिला गाउँपालिका वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको 
   निमित्त विनियोजन गरिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका , वडा समिति र विषयगत शाखाले गर्ने सेवा कार्यहरुका निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने वा कुनैमा नपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शिर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकासा र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थापनतर्फ विनियोजित रकम साँवा भूत्तानी खर्च र व्याज भूत्तानी खर्च शीर्षककमा वाहेक अन्य चालृ खर्च शीर्षकतर्फ सार्न र वित्तीय अन्तर्गत साँवा भूत्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भूत्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।
 
 तर चालु तथा पु्ूँजिगत खर्च र वित्तीय व्यवस्थाको  खर्च व्यहोर्ने एक श्रोतबाट अर्को श्रोतमा रकम सार्न सकिनेछ ।
(३) उपदफा (२) मा जनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाबाट स्वीकृत लिनु पर्नेछ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: