FAQs Complain Problems

स्थानीय तहको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५

Show in slider: 
0

तिला गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४
प्रमाणीकरण मिति ः २०७५÷०३÷१७
स्थानीय राजपत्रमा प्रकाशित मिति ः २०७५÷०३÷२९
२०७५ सालको ऐन नं. ..१..
प्रस्तावनाः नेपालको संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहलाई तोकिएको अधिकार क्षेत्रभित्रका विषयमा आवश्यक कानून बनाई प्रशासकीय कार्यविधि नियमित गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा    (१) बमोजिम तिला गाउँपालिकाको सभाले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ ः (१) यो ऐनको नाम तिला गाउँपालिकाको प्रशासकीय कार्यविधि      (नियमित गर्ने) ऐन, २०७४ रहेको छ ।
(२) यो ऐन तिला गाउँपालिका क्षेत्रभित्र तुरुन्त लागू हुनेछ ।
२. परिभाषा ः (१) बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क)    “ऐन” भन्नाले तिला गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ सम्झनु पर्छ ।
(ख)     “कार्यपालिका”    भन्नाले तिला गाउँ कार्यपालिका सम्झनु पर्छ ।
(ग)     “गाउँपालिका” भन्नाले तिला गाउँपालिका सम्झनु पर्छ ।
(घ)    “सभा” भन्नाले संविधानको धारा २२२  बमोजिमको गाउँसभा सम्झनु पर्छ ।
(ङ)     “संविधान” भन्नाले नेपालको संविधानलाई सम्झनु पर्छ । 
३. नियम बनाउने अधिकार ः (१) नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिकालाई तोकिएका अधिकार क्षेत्रभित्रका विषयमा तोकिएको कार्य जिम्मेवारी निर्वाह गर्न अपनाउनु पर्ने कार्यविधि नियमित गर्नको निमित्त तिला गाउँ कार्यपालिकाले आवश्यक नियम बनाउन सक्नेछ ।
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: