FAQs Complain Problems

स्थानिय पूर्वाधार सहयोग कार्यक्रम (LISP)

Body: 

परिचयः
स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (LISP) बेलायती राजदुताबास काठमाण्डौको आर्थिक सहयोग, नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वय तथा संयूक्त राष्ट्रसंघिय विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा कर्णाली प्रदेशका १५ वटा गाउँ/नगर पालिकामा आ.व. २०७९/०८० देखि संचालनमा रहेको छ । पहिलो बर्ष पाईलट/परिक्षणको रुपमा संचालन भएको यो कार्यक्रम यस आ.व. २०८०/०८१ मा प्रारम्भिक कार्यान्वयन चरणको रुपमा संचालनमा रहेको छ । यो कार्यक्रमको उद्धेश्य LISP पाइलटको सिकाइ तथा प्रमाणहरुको आधारमा प्रोत्साहन अनुदान र प्राविधिक सहयोग लाई समग्र पुर्वाधार सुशासन (योजना तर्जुमा, कार्यान्वयन चरण तथा अनुगमन र मुल्याङ्कन) लाई सवलिकरण तथा संस्थागत गर्नका लागि अझै गहिराई सम्म पु–याउने रहेको छ । आशयपत्र प्रतिस्पर्धाका आधारमा कार्यक्रम कार्यान्वयनका लागि छनौट भएको यो तिला गाउँपालिका १५ वटा स्थानिय तहहरु भित्र पर्दछ ।

आर्थिक वर्ष:

Show in slider: 
0